विन्ध्येश्वरी स्कुलमा चित्रकला प्रतियोगिता
पाेखरा | जेठ २, २०८२
पोखरा: विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तरगत चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
उक्त प्रतियोगितामा कक्षा नर्सरीबाट इशान सुवेदी प्रथम, सनिका थापामगर द्वितीय र इज्रा तामाङ तृतीय भएका छन् । कक्षा एल.के.जी.बाट इमान थापाक्षेत्री प्रथम, विपीन रानामगर द्वितीय र नोआ गुरुङ तृतीय भएका छन् ।
कक्षा यु.के.जी.बाट मबेल थापामगर प्रथम, राजश्री अर्याल द्वितीय र अल्बिना तामाङ तृतीय भएका छन् । यस्तै कक्षा एकबाट सलोम राई प्रथम, सनम बराइली द्वितीय र लियोसा के.सी. तृतीय भएका छन् ।
कक्षा २ बाट पारोमिता मोण्डल प्रथम, कक्षा ३ की अनिसा गुरुङ द्वितीय र कक्षा २ का एडेन गुरुङ तृतीय भएका छन् । कक्षा ४ बाट मौ भौमिक प्रथम, कक्षा ५ की प्रेमिका नेपाली द्वितीय र कक्षा ५ कै प्रिन्स सुनार तृतीय भएका छन् ।
त्यस्तै सिनियर आधारभूततर्फ कक्षा ८ की मेहुली मन्ना प्रथम, सोही कक्षाकी उपासना रेग्मी द्वितीय र कक्षा ७ की सविता सुनार तृतीय भएका छन् । मा.वि.तहमा कक्षा ९ की सुनिशा सुनार प्रथम, कक्षा १० की प्रशंशा सुनार द्वितीय र सोही कक्षाकी आरोशी देवकोटा तृतीय भएका छन् ।
शिक्षिका अनिता थापाको संयोजकत्वमा भएको उक्त प्रतियोगिताको पुरस्कार वितरण विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले गरेका थिए ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

